|

हेटौँडा : बागमती प्रदेशसभाको आज (बुधवार) अपराह्न बसेको बैठकले आर्थिक वर्ष ०८०/८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन समितिको प्रतिवेदन सर्वसम्मतिबाट पारित गरेको छ।

बैठकमा विशेष समितिको प्रतिवेदनमाथि छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले प्रदेशमा सुशासन कायम गर्न, जनताप्रति जवाफदेहीता बढाउन र सन्तुलित बजेटका लागि सो प्रतिवेदन सबैको साझा दस्तावेज भएको बताए।

उक्त अवसरमा प्रदेशसभाका सदस्य मधुकुमार श्रेष्ठले प्रदेश सरकारलाई बजेटमा पारदर्शिता अपनाउन र निष्पक्ष ढङ्गबाट जनताका आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न सुझाव दिए।

अर्का सदस्य भरतबहादुर केसीले प्रदेश सरकारले बजेट विनियोजन गर्दा जनताप्रति जवाफदेही हुने योजनालाई उच्च प्राथमिकतामा राख्नुपर्ने र सत्तापक्ष वा मन्त्री भएपछि जिल्लामा धेरै बजेट पार्न सकिन्छ भन्ने भावना त्याग्नुपर्ने बताए।

बागमती प्रदेशसभाको अर्को बैठक अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.