|

धनकुटा : धनकुटा नगरपालिका–१० स्थित धर्मशालामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। बिहीवार बिहान करिब साढे १० बजे स्थानीय कमला मोक्तानको घरबाट आगलागी शुरु भएको आगलागीबाट ३ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट स्थानीय मोक्तानको दुईतले घर पूरै जल्दा १५ लाख बराबरको क्षति भएको छ भने नियरमान मोक्तानका अढाई तले दुईवटा घर जलेर पूरै नष्ट हुँदा ३० लाख बराबरको क्षति भएको छ।

यसैगरी चन्द्रकुमारी अधिकारीको घर आंशिक क्षति हुँदा १ लाख क्षति भएको छ भने रत्ना ठाडामगरका दुईवटा घर नष्ट हुँदा ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए।

आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र धनकुटा नगरपालिकाको दमकलको सहयोग नियन्त्रणमा आएको छ। करिब ३ घण्टापछि आगलागी नियन्त्रणमा आएको प्रहरी जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.