|

काठमाडौँ : प्रतिनिधिसभा बैठक स्थगित भएको छ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि संसद् स्थगित भएको हो।

सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचीअनुसार गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएसँगै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उभिएर विरोध जनाएको हो।

काँग्रेसले विरोध जनाएपछि सभामुख घिमिरेले काँग्रेस सांसद राजेन्द्र केसीलाई बोल्न समय दिएका थिए। त्यसपछि बैठकमा बोल्दै सांसद केसीले गृहमन्त्री रवि लामिछाने सहकारी पीडक भएको भन्दै गृहमन्त्रीमाथिको प्रश्नका बारेमा प्रधानमन्त्रीको जवाफ माग गरे।

उनले भने‚ ‘गृहमन्त्री सहकारी पीडक हुनुहुन्छ। हजारौँ पीडितहरू सडकमा रहनुभएको छ। त्यस्तो अवस्थामा जबसम्म प्रधानमन्त्रीले हाउसमा गएर आम नेपाली जनतालाई आश्वस्त पार्न सक्नुहुन्न, तबसम्म हाउस चल्न सक्दैन भन्ने नेपाली कांग्रेसको ठहर छ। गृहमन्त्री पीडक हो।’

त्यसपछि सभामुखले आसन ग्रहणका लागि काँग्रेस सांसदहरूलाई आग्रह गर्दा पनि सांसदले विरोध जारी राखेका थिए। त्यसपछि नियमापत्ति गर्दै नेकपा(माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले सभालाई अगाडि बढाउने सांसदहरूको पनि दायित्व भएको भन्दै सभा सञ्चालन गर्न दिन आग्रह गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.