|

काठमाडौँ : प्रहरीले ५६ वर्षीय नौमीप्रसाद राजभरलाई नवलपरासीको महेशपुरबाट पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा नवलपरासी जिल्ला अदालतबाट सजाय पाएपछि उनी फरार रहेका थिए।

उनले नाम परिवर्तन गरी विक्रम सिंह बनाई भारतमा लुकिछिपी बस्दै आएका थिए। उनले दिल्लीमा पेन्टिङको काम गर्दै आएका थिए।

अदालतले उनलाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको थियो। उनले अरविन्द्र राजभरको हत्या गरेको प्रमाणित भएको थियो। मृतक अरविन्द्रलाई आफन्तको घडेरी जग्गा किनाइदिने भनी २०६६ सालमा भारत लगेका थिए।

दोषी नौमीले भारु ४ लाख बुझी लिई गाउँ घुम्न जाऊँ भनी सँगै निस्किएका थिए। त्यसको १२ दिनपछि  उनको शव पावर हाउसको रेडियल गेटमा फेला परेको थियो। नौमीप्रसाद राजभर‚ रामचन्द्र राजभर र मरिकान्त धरीकार मिलेर अरविन्द्रलाई रक्सीमा बिषादी मिलाई खुवाएका थिए। उनलाई भारतीय गण्डक नहरमा फाली मृतकको साथमा रहेको पैसा बाँड्ने सहमति भएको अर्का प्रतिवादी रामचन्द्र राजभरबाट खुलासा भएको थियो।

२०७५ सालमा प्रतिवादीहरूलाई सर्वस्व सहित जन्मकैद हुने ठहरी फैसला भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.