|
फाइल तस्वीर

काठमाडौँ : चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनमा मृत भेटिएकी शालिन पोखरेलको घटनामा प्रधानाध्यापकसहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावासका वार्डेन कमलप्रसाद शर्माविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा आज (आइतवार) जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। 

प्रहरी अनुसन्धानबाट प्राप्त प्रतिवेदनमा बलात्कारपछि हत्या गरिएको प्रमाण नभेटिएपछि शालिनको मृत्युको कारण आत्महत्या नै भएका निर्क्यौल गर्दै हिरासतमा रहेका ३ शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको हो। 

१३ वर्षकी शालीन विद्यालयको छात्रावासमा फागुन १२ गते मृत अवस्थामा भेटिएकी थिइन्। मृतक शालिनका बुवा दीपेन्द्र पोखरेलले आफ्नी छोरीको बलात्कारपछि हत्या भएको भन्दै फागुन १५ गते प्रहरीमा जाहेरी दिएका थिए।

बलात्कारपछि हत्या भएको अभिभावकले आरोप लगाए पनि अनुसन्धानबाट बलात्कार र हत्या पुष्टि हुने प्रमाण नभेटिएपछि आत्महत्या दुरुत्साहनमा अभियोग लगाएर मुद्दा दर्ता गरिएको हो। 

मुलुकी अपराध संहिताको दफा १८५ को उपदफा २ का अनुसार आत्महत्या दुरुत्साहन गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.