|

काठमाडौँ : नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा यसै साता तेस्रो संस्करणको ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन प्रतियोगिता हुने भएको छ।

यही चैत १० गते हुने उक्त दौड प्रतियोगितामा ७ हजार २८६ जनाले भाग लिने संयोजक डा शीतलकाजी श्रेष्ठले आज (बिहीवार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। 

संयोजक श्रेष्ठका अनुसार प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किमी, महिला ५ किमी, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमी (पुरुष) र ३ किमी (महिला), अपाङ्गता भएका भएका व्यक्तिका लागि ह्विलचेयर र बालबालिकाका लागि रन फर फन दौड समावेश गरिएको छ।

प्रतियोगिताअन्तर्गत हाफ म्याराथनको उपाधि जित्ने महिला तथा पुरुष खेलाडीले १/१ लाख रुपैयाँ प्राप्त गर्नेछन्। 

दोस्रो, तेस्रो‚ चौथो र पाँचौँ हुने महिला तथा पुरुष खेलाडीले क्रमशः ७५ हजार रुपैयाँ, ५० हजार रुपैयाँ, ४० हजार रुपैयाँ र ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

पुरुष १० किमी दौडमा प्रथम स्थान हासिल गर्ने खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् भने दोस्रो हुने खेलाडीले ४० हजार रुपैयाँ पाउनेछन्। तेस्रो, चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ पाउनेछन्।

५ किमी खुला र ५ किमी विद्यार्थीअन्तर्गत पुरुषतर्फको दौडमा पहिलो स्थान हात पार्ने खेलाडीले ३० हजार रुपैयाँ पाउनेछन् भने दोस्रो हुने खेलाडीले २० हजार रुपैयाँ, तेस्रोले १५ हजार रुपैयाँ, चौथोले १० हजार रुपैयाँ र पाँचौँ स्थान हासिल गर्ने खेलाडीले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

३ किमी दौडको महिलातर्फ पहिलो हुने खेलाडीले २० हजार रुपैयाँ पाउनेछन् भने दोस्रोले १५ हजार रुपैयाँ पाउनेछन्। साथै तेस्रोले १० हजार रुपैयाँ, चौथोले ५ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले २ हजार ५ सय रुपैयाँ पाउनेछन्।

ह्विलचेयरतर्फ प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुने महिला तथा पुरुष खेलाडीले क्रमशः ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ, १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। 

‘दौडमा सहभागी बनौँ, स्वस्थ रहौँ’ मूल नाराका साथ आयोजना हुने उक्त प्रतियोगताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.