|

विराटनगर : नेपाल प्रहरी श्रीमती संघ र विराट मेडिकल टिचिङ हस्पिटलबीच स्वास्थ्य उपचारमा शुल्क छुटसम्बन्धी सम्झौता भएको छ।

आज (बिहीवार) कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा नेपाल प्रहरी श्रीमती संघले आयोजना गरेको एक कार्यक्रममा हस्पिटल र नेपाल प्रहरी श्रीमती संघबीच स्वास्थ्य उपचारमा शुल्क छुटसम्बन्धी सम्झौता भएको हो। 

विराट टिचिङ हस्पिटल प्रालिका तर्फबाट सोही हस्पिटलका उपाध्यक्ष डा. डेनिस कार्की र नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष लक्ष्मी कुँवरले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

विराट टिचिङ हस्पिटलले नेपाल प्रहरीका बहालवाला प्रहरी कर्मचारी, अवकाश प्राप्त प्रहरी कर्मचारी र तिनका आश्रित परिवारहरुका विभिन्न रोगका विरामीलाई स्वास्थ्य उपचारमा छुट सुविधा उपलब्ध गराउनेछ।

हस्ताक्षर कार्यक्रममा कुँवरले स्वास्थ्य नै धन हो भन्ने भनाईलाई हृदयांगम गरि लामो समय ड्युटीमा रहँदा र प्रहरीको कार्य व्यस्तताले स्वास्थ्यमा ध्यान दिन नसक्दा प्रहरी कर्मचारीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मनन् गरि उनीहरु लक्षित यो कार्यक्रम गरिएको बताइन्।

सो कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविरसमेत राखिएको थियो।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष भावना श्रेष्ठ खापुङले स्वागत मन्तव्य राखेकी थिइन् भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले धन्यवाद ज्ञापन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.