|

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा बनाउने उद्देश्यले नबनेको स्पष्ट पारेका छन्।

एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको बागमतीका पार्टी अध्यक्ष र पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले अहिलेको नयाँ सत्ता समीकरण मुलुकलाई नयाँ उचाइमा लैजानका लागि मात्र बनेको बताए।

उनले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा वा वामपन्थी गठबन्धन बनाउने उद्देश्यले नबनेकोसमेत स्पष्ट पारे। महासचिव पोखरेलले स्थानीय तहले जनतामा आशा जगाउने काम गर्नुपर्ने जनाउँदै पूर्वाधार निर्माणमा स्थानीय तहले ध्यान दिनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.