|

रुसले मस्कोको एक कन्सर्ट हलमा भएको आक्रमणमा संलग्नताको आरोपमा चारजना संदिग्धविरुद्ध मुद्दा चलाएको छ। १३७ जनाको मृत्यु हुने गरी भएको आक्रमणमा संलग्न भएको आशंकामा पक्राउ परेका ११ मध्ये चारजनालाई मस्कोको एक अदालतमा पेश गरिएको हो। 

अदालतमा पेश गरिएका चार अभियुक्तको नाम सार्वजनिक गरे पनि उनीहरू कहाँका हुन् भन्ने बताइएको छैन। 

अदालतमा पेश गर्दा सबैको आँखामा बाक्लो पट्टी बाँधिएको र एक व्यक्तिलाई ह्वील चेयरमा रोखेर ल्याइएको समाचार एजेन्सीहरुले जनाएका छन्। मस्कोको क्रोकस हलमा शुक्रबार भएको आक्रमणको जिम्मा आतंकवादी समूह आईएसले लिएको थियो। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने आक्रमणकारी युक्रेनतर्फ भाग्दै गर्दा समातिएको भन्दै आक्रमणमा युक्रेनको संलग्नता रहेको संकेत गर्ने प्रयास गरेका थिए। तर युक्रेनले यो आरोप अस्वीकार गरेको  छ। 

आक्रमणमा परी ज्यान गुमाएका परिवारका सदस्यले संलग्नहरूमाथि मृत्युदण्डको सजाय माग गरेका छन्। रुसमा कानूनी रूपमा मृत्युदण्डको सजाय छैन। पीडित परिवारले राष्ट्रपतिसमक्ष कानून संशोधन गरी मृत्युदण्ड दिन माग गरेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.