|

क्षयरोग (टीबी) अफ्रिकामा मृत्युको प्रमुख कारणहरू मध्ये एक हो।

जसले प्रत्येक वर्ष हजारौं मानिसहरूको ज्यान लिन्छ। अफ्रिकी युनियन (एयू) अधिकारीहरूले शुक्रवार अदिस अबाबाको एयु मुख्यालयमा आयोजित एक कार्यक्रममा २०३० सम्म क्षयरोग अन्त्य गर्न अफ्रिकी देशहरूलाई आग्रह गरेका छन्।

उनीहरूले  न्युनिकरणका उपायहरू अपनाएको खण्डमा क्षयरोगको अन्त्य गर्न सकिने बताए। यसको अन्त्यका लागि सबै नागरिकहरूमा रोगको चेतना जगाउन आवश्यक रहेको बताए।

आयोगका विशेषज्ञ सेला सावाले रोगको चुनौतिहरू सम्बोधन गर्न राज्यहरूले नै प्रमुख जिम्मेवारी लिनुपर्ने आवश्यकता रहेको बताए। देशहरूले यी रोगहरूको नेतृत्व र स्वामित्व लिनुपर्ने बताए। उनले बाह्य साझेदारहरूबाट पाएको समर्थनलाई शाहसमा बदलेर काम गर्न जरुरी रहेको बताए।

अफ्रिकामा अनुमानित २५ लाख मानिस क्षयरोगबाट बिरामी परेको र २०२२ मा करिब ४ लाख २४ हजार मानिसको मृत्यु भएको डब्ल्युएचओको प्रतिवेदनलाई उल्लेख गर्दै शावाले महादेशमा मृत्युको प्रमुख कारणमा क्षयरोग रहेको बताए। सन् २०३० सम्म अफ्रिकामा क्षयरोग अन्त्य गर्नको लागि समग्र र व्यापक क्षयरोग प्रतिक्रिया सुनिश्चित गर्न सदस्य राष्ट्रहरू र साझेदारहरूलाई तत्काल कदम चाल्न आग्रह गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.