|

इलाम : आगामी वैशाख १५ गते हुने इलाम र बझाङमा हुने उपनिर्वाचनमा एकीकृत समाजवादीले उम्मेदवारी दिने निश्चित भएको छ। पार्टीले प्रतिनिधिसभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राई र बझाङ प्रदेशसभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए। खनालले थाहाखबरसँग भने, 'इलाममा हामीले जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंहलाई पार्टीको तर्फबाट उम्मेदवारी बनाउने निर्णय गरेका छौँ।'

राई यसअघि पहिलो स्थानीय निर्वाचनमा माईजोगमाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। दोस्रो स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेको उम्मेदवारसँग पराजित हुन पुगेका थिए। खनालले  इलाममा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंह उम्मेदवार बन्ने निश्चित भए पनि पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको बताए।

यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इलाममा सत्ता गठबन्धन दललाई सघाउन सक्ने भए पनि बझाङमा उम्मेदवारी दिन पार्टीलाई कसैले नरोक्ने बताएका थिए। सोहीअनुसार एकीकृत समाजवादीले सम्बन्धित पार्टी कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.