|

इण्डियन प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई  हराएको छ।

एम चिन्नास्वामी रंगशालामा सम्पन्न खेलमा बैंगलुरु घरेलु मैदानमै  कोलकातासँग ७ विकेटले पराजित भएको हो।

बैंग्लुरुले प्रस्तुत गरेको १८३ रनको लक्ष्य कोलकाताले ३ विकेटको क्षतिमा १९ बल अगावै सजिलै पछ्यायो । 

दुई खेलमा दोस्रो जीतसहित कोलकाता अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। तीन खेलमा दोस्रो हार बेहोरेको बैंगलुरु छैटौँ स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.