|

काठमाडौं : म्याग्दीको घोडेपानी अहिले लालीगुराँसले ढकमक्क छ। अन्नपूर्ण गाउँपालिका-६ मा रहेको घोडेपानीको गुराँसको जङ्गल गण्डकी प्रदेशकै ठूलो मानिन्छ। नेपालमा पाइने ३२ मध्ये यहाँ १६ प्रजातिका लालीगुराँस फुल्छ। 

समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको घोडेपानी पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्य हो।  ​पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यालोकन गर्न पाइन्छ। पोखराबाट नयाँ पुल, उल्लेरी भएर एकै दिन र घान्द्रुक भएर दुई दिनमा घोडेपानी पुग्न सकिन्छ। 

पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनासलु हिमालको अवलोकन गर्न सकिन्छ। 

घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले कालीसारमा लालीगुराँस पार्क निर्माण गरिएको छ ।

हेर्नुहोस् घोडेपानीको गुराँस जङ्गल-

नेपाल फोटो लाइब्रेरी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.