|

काठमाडौं : इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। 

घरेलु मैदान एनफिल्डमा गएराति भएको खेलमा ब्राइटनलाई २–१ गोलको पुनरागमन जित निकाल्दै लिभरपुल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। ​

ब्राइटनले लिभरपुलविरुद्ध शुरूआती अग्रता लिए पनि जोगाउन नसक्दा पराजित भयो। खेलको दोस्रो मिनेटमै डेनी वेलबेकले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए। २७ औँ मिनेटमा लुईस डियाजले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए। 

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा लिभरपुलले निर्णायक गोल दोस्रो हाफमा गरेको थियो। लिभरपुलका लागि मोहमद सलाहले ६५ औँ मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाए। 

लिभरपुलले २९ खेलबाट ६७ अंक बनाउँदा ब्राइटन भने ४२ अंकका साथ तालिकाको नवौँ स्थानमा छ।

गएराति नै भएको खेलमा आर्सनलले भने पुन: शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ। आइतबार राति म्यानचेस्टर सिटीको घरेलु मैदान इतीयाद मैदानमा सिटी र आर्सनलले गोलरहित बराबरी खेल्दै अंक बाँडे।

आर्सनलले २९ खेलबाट ६५ अंकका साथ दोस्रो स्थानमा यथावत रहँदा सिटी समान खेलबाट ६४ अंकका साथ तेस्रो स्थानमा रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.