|

काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र शक्तिमा बस्नेहरूबाट देश बर्बाद भएको गुनासो गरेका छन्।

बुधवार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेका हुन्। उनले देशको उद्योगधन्दा पनि बर्बाद उन्मुख भएको जिकिर गरे।

उनले देश उद्योगधन्दा गर्नेहरूबाट नभई सत्ता र शक्ति केन्द्रमा बस्नेहरूबाट बर्बाद भइरहेको बताए। उनले वर्ष दिनमा चारपटकसम्म सत्ता परिवर्तन हुने र कुन मन्त्री आएर कस्तो नीति बनाउँछ भन्ने भयमा व्यवसायी रहनुपर्ने बाध्यता रहेको बताए। उनले देशले संघीयता पाल्न नसक्ने पनि बताए।

केसीले भने, ‘अहिले साँच्चै भन्ने हो भने देशको उद्योगधन्दा असाध्यै बर्बाद भएको छ। यो बर्बाद सत्ता र शक्तिमा बस्नेहरूबाटै भएको हो। उद्योगधन्दा गर्ने, बन्द व्यापार गर्ने उनीहरूको कारणले होइन। नेपाली जनताले आठवटा राष्ट्रपति पाल्नुपर्ने र ८८४ जना सांसदहरू पाल्नुपर्ने, त्यो सकिन्छ। यो सबै बिग्रिएको उद्योगपति व्यापारीभन्दा हामी सत्ता र शक्तिमा बस्नेहरूका कारण हो।’

अध्यक्ष केसीले विकृतिको केन्द्रबिन्दु सिंहदरबार रहेको बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.