|

हेटौँडा : बागमती प्रदेशसभाअन्तर्गतका ५ वटा विषयगत संसदीय समितिको सभापति चयनको तयारी गरिएको छ। 

नेकपा माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभाको दोस्रो कार्यकाल शुरु भएको झण्डै डेढवर्षमा दलहरुबीच सहमति भएपछि सभापति चयनको तयारी गरिएको बताए। 

संसदीय समिति चयनको जिम्मेवारी सभामुखको भए पनि प्रदेशसभामा रहेका दलहरुबीच सहमति नहुँदा सभापति चयन हुन सकेको थिएन।

प्रदेशसभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखासमिति, शिक्षा समिति, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छन्। हाल समितिका बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन भइरहेको छ।

प्रदेशसभाका ५ वटा समितिमा सबै दलको प्रतिनिधित्व हुने गरी कूल ९६ जना सांसदलाई समितिको सदस्य बनाइएको छ। जसअनुसार ४ वटा समितिमा १९ जना र एउटा समितिमा २० सदस्य छन्।

हालसम्म सञ्चालित बैठकहरुमा प्रदेश मामिला समितिमा नेपाली कांग्रेसका शिवराज अधिकारी, अर्थ तथा विकास समितिमा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना, सार्वजनिक लेखा समितिमा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकालले अध्यक्षता गरिरहेका छन्।

शिक्षा स्वास्थ्य तथा कृषि समितिमा कांग्रेसकी मीनाकुमारी पराजुली पोखरेल र उद्योग, पर्यटन तथा वातावरण समितिमा कांग्रेसकी याङकिला शेर्पाले अध्यक्षता गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.