|

काठमाडौं : नेकपा एमाले संसदीय दलको बैठक सोमबार बस्दैछ। 

संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे बैठक बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

सामान्यतः अधिवेशन आरम्भ हुँदा र अन्त्य हुँदा संसदीय दलको बैठक बस्ने भएकाले यो बैठक पनि नियमित भएको उनले बताए।

विषयगत समितिमा रहेका विधेयक र दलका तर्फबाट खेल्नुपर्ने भूमिकाका विषयमा बैठकमा छलफल हुने जनाइएको छ।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, वैशाख १५ मा हुने उपचुनाव लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। 

बर्तौलाले समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.