|

खोटाङ : खोटाङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। 

बाराहपोखरी गाउँपालिका–४ फाक्टाङका ५८ वर्षीय रामबहादुर राईको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

पास्नीको भोज खाएर घर फर्कने क्रममा राई भीरबाट लडेको बताइएको छ। बाराहपोखरी गाउँपालिका–५ पौवासेरास्थित आफन्तको घरमा पास्नी भोज खाएर फर्कने क्रममा बुधवार साँझ फाक्टाङ र पौवा सेराको सिमानामा पर्ने बेतुवा खोलाको भीरबाट लडेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए। 

प्रहरीले बिहीबार बिहान कानुनी प्रक्रिया पुरा गरेर शवलाई पोस्टमार्टमका लागि उदयपुर पठाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.