|

काठमाडौँ : एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि अहिले नेपाल र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ। 

ओमानको अलअमिरात क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर सुरुवाती ब्याटिङ थालेको नेपालले खराब प्रदर्शन गरेको छ। नेपालको ब्याटिङ लाइन आज पनि चल्न सकेन्। नेपालका दुबै ओपनर आज पनि जम्न सकेनन्।

कुशल भुर्तेल आज पनि शुन्य रनमा आउट हुँदा आशिफ शेख व्यक्तिगत ५ रनमा पभेलियन फर्किएका छन्। कप्तान रोहित पौडेल २१ तथा सोमपाल कामी १२ र कुशल मल्ल व्यक्तिगत १३ रनमा समेटिए। गुल्सन झा ६ र सुन्दीप जाेरा २२ रनमा आउट भए।

हिजो भएको  सेमिफाइनलमा पनि ब्याटिङ नचल्दा नेपाल युएईसँग पराजित हुन पुगेको थियो। आजको खेल जित्ने टोलीले इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन्। उक्त टिममा भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंकाका ए टोली हुने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.