ब्याटिङलाइन चलेन

|

काठमाडौँ : एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पनि पराजित भएको छ। तेस्रो स्थानको प्लेअफका लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको हो। 

जितका लागि नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्‍यो। हङकङको जितमा अन्श्या रथले अविजित रहँदै सर्वाधिक ६५ रनको योगदान गरे। बाबर हायातले २६ तथा एजाज खानले १२ रनको योगदान गरे। 

बलिङतर्फ सोमपाल कामीले ३ तथा दिपेन्द्र सिं ऐरीले २ विकेट हात पारे। त्यसअघि ओमानको अलअमिरात क्रिकेट स्टेडियममा टस जितेर सुरुवाती ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो। निकै धरासायी बनेको नेपालको ब्याटिङलाइन दिपेन्द्र सिं ऐरीले उकासेका थिए। 

हङकङविरुद्ध सम्मानजनक योगफल बनाउन ऐरीले अविजित ४४ रनको योगदान गरे। सुन्दिप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३ तथा सोमपाल कामीले १२ रन जोडे। नेपालको ब्याटिङलाइन आज पनि चल्न सकेन्। 

नेपालका दुवै ओपनर आज पनि जम्न सकेनन्। कुशल भुर्तेल आज पनि शुन्य रनमा आउट हुँदा आशिफ शेख व्यक्तिगत ५ रन जोडे। 

हारसँगै नेपालले इमर्जिङ टिम्स एसिया कप खेल्ने मौकासमेत गुमाएको छ। पछिल्लो समय टिममा सन्तुलन नमिल्दा नेपाली टोलीको प्रदर्शन निकै खस्कँदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.