काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने बताएका छन्।
१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सत्ता साझेदार दलहरुको तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रममा उल्लेखित जनतामा निराशा चिर्दै, भरोसा जगाउँदै भन्ने मूलमन्त्रलाई व्यवहारमा नै सम्बोधन गर्नेगरी सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने बताए।
राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै यसले बेरोजगारीलाई न्यूनीकरण गर्दै त्यसको अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो। उनले सरकारले मुलुकको समृद्धिका लागि तय गरेको प्राथमिकतालाई सबै राजनीतिक दलहरु, ट्रेड युनियनहरु, निजी क्षेत्र लगायतका साथ रहने विश्वास समेत व्यक्त गरे।
प्रधानमन्त्री दाहालले भने, ‘देश आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सङ्घारमा छ। यसपटकको नीति तथा कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने गृहकार्यमा सरकार जुटिरहेको छ। यसले सत्ता साझेदार दलहरुको तर्फबाट प्रश्तुत साझा न्यूनतम कार्यक्रममा उल्लेखित ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ मुलमन्त्रलाई व्यवहारिक रुपमा सम्बोधन गर्नेछ भन्नेमा सरकार प्रष्ट छ।'
प्रधानमन्त्री दाहालले सरकारले अर्थतन्त्रको चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै त्यसको सामना गर्दै अघि बढिरहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।