|

नुवाकोट : नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा आज दुईजनाको मृत्यु भएको छ।​

बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

उनका अनुसार डुबेर बेहोस भएका दुवैलाई उद्धार गरेर उपचारका लागि त्रिशूली अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। तादीखोलामा पौडी खेल्ने गएका छजना युवामध्ये उनीहरूलाई घुमाउने भन्ने ठाउँबाट बगाएको थियो।

अपराह्न २ बजेतिर डुबेको खबर पाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याएको थियो। पछिल्लो समय गर्मी बढेसँगै नदी तथा खोलामा पौडी खेल्ने जाने क्रम बढेकाले सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.