|

दाङः लमहीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

लमही नगरपालिका– की ५५ वर्षकी शान्तादेवी विकको सडकमा लत्रिएको तारबाट करेन्ट लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुरज खड्काले जानकारी दिए।

पानी परिरहेको र बिजुलीको नांगो तार सडकमा लत्रिएको हुँदा सडक पार गर्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले बताएको छ। ‘बाटो पार गर्ने क्रममा भुइँमा लत्रेको बिजुलीको नांगो तारमा टेक्दा करेन्ट लागेको देखिन्छ’, वडा प्रहरी प्रमुख खड्काले भने। 

करेन्ट लागेर अचेत अवस्थामा रहेकी उनको उपचारका क्रममा लमहीस्थित फ्लोरेन्स अस्पतालमा बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.