|

रुपन्देही : चीनको केरुङदेखि काठमाडौं हुँदै  लुम्बिनी जोड्ने रेलवे निर्माणका लागि चीनको उच्चस्तरीय टोलीले अध्ययन गरेको छ। चिनियाँ उच्चस्तरीय सरकारी टोलीले बिहीबार लुम्बिनीमा स्थलगत अध्ययन गरेको हो।

चीनको रेलवे प्रशासन मन्त्रालयका अधिकारी र प्राविधिकसहित आएको टोलीले बिहीबार रुपन्देहीको शंखरपुरदेखि लुम्बिनीसम्मको क्षेत्र अवलोकन गर्‍यो। पाँच दिने भ्रमणमा आएको उक्त टोलीले काठमाडौं, पोखरापछि रुपन्देहीका विभिन्न क्षेत्रहरुको अवलोकन तथा  अध्ययन गरेको थियो।

 चिनियाँ राष्ट्रिय रेलवे प्रशासन मन्त्रालयका उपप्रमुख चेङ चियन नेतृत्वमा लुम्बिनी आएको टोलीले चीनबाट काठमाडौं–पोखरा–लुम्बिनीसम्म जोड्ने रेलमार्गबारे अध्ययन गरेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले जानकारी दिए। अध्ययनपछि  चिनियाँ टोली सकारात्मक रहेको उनले बताए।

‘हामीले रेलमार्गका लागि विभिन्न साइटहरु देखायाँै। उनीहरू पनि सकारात्मक देखिएका छन्’ उनले भने। काठमाडांैमा शुक्रबार हुने  बैठकमा यसबारे विस्तृत छलफल हुने उनले बताए।

३३ सदस्यीय टोलीमा रेलवे कम्पनीका प्राविधिक र व्यवसायी, चीनको परराष्ट्र, यातायात मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय विकास आयोगका अधिकारी, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधि र दूतावासका अधिकारी रहेको अर्का  रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा सूचना अधिकृत प्रकाश उपाध्यायले जानकारी दिए।

केरुङलाई  लुम्बिनीसम्म जोड्न चिनियाँहरु एकदमै सकारात्मक छन्, उपाध्यायले भने,  ‘तर यसमा सरकारी चासो हुनुपर्छ।’  रुपन्देहीमा रेलवेको अध्ययनपश्चात् टोलीले लुम्बिनीको अवलोकन भ्रमण गरेको थियो। 

लुम्बिनीको मायादेवी मन्दिर, चाइना मन्दिर जर्मन मन्दिर तथा  शान्तिदीप लगायतका विभिन्न स्थानको अवलोकन गरी टोली बिहीबारै काठमाडांै फर्किएको  सशस्त्र प्रहरी कार्यालयका प्रमुख डिएसपी बद्री नारायण चौधरीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.