|

भक्तपुरः भक्तपुर क्षेत्र नंं.– २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ। विजयपश्चात आइतबार बोडेस्थित मतगणनास्थलमा विजेताको प्रमाणपत्र बुझ्दै विजयीहरूले भक्तपुरको समग्र विकासमा लाग्नेमा जोड दिए। 

प्रतिनिधिसभामा नवनिर्वाचित महेश बस्नेतले भक्तपुरका जनताको मतलाई शिरोधार्य गर्दै विकास र समृद्धिको कार्यलाई अभियानको रूपमा अघि लैजाने बताए। उनले भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्ला बनाउने उद्घोष गर्दै जनताको शिर ठाडो बनाउने प्रयासमा लाग्ने र नसके पनि शिर झुक्न नदिने उल्लेख गरे।

त्यसैगरी प्रदेश ‘क’का विजयी शशिजंग थापा र प्रदेश ‘ख’का विजेता राजेन्द्रमान श्रेष्ठले भक्तपुलाई ३ नम्बर प्रदेशको राजधानी बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.