|

भक्तपुर : मतगणना जारी रहँदा क्षेत्र नं.–१ प्रतिनिधिसभा सदस्यमा नेमकिपाले ९ हजार मत अन्तरले अग्रता लिएको छ। पछिल्लो परिणामअनुसार नेमकिपाका प्रेम सुवालले  २३ हजार ३२२ मत ल्याएका छन्।

यस्तै कांग्रेसका बाबुराजा जोशीले १४ हजार २०६ मत ल्याएका छन् भने वाम गठबन्धनतर्फ माओवादीका मिलन सुवालले १२ हजार १७१ मत पाएका छन्। 

प्रदेशसभातर्फ यस्तो छ पछिल्लो परिणाम 

एमाले (हरिशरण लामिछाने)– ११,५८३

कांग्रेस (जीवन खत्री)– ८८३८

नेमकिपा(निरज लबजु)– ५३००

नेमकिपा (सुरेन्द्रराज गोसाई)–१०६२६ कांग्रेस (अनिल भुजु)– ४६५९ 

वामगठबन्धन (रोमन शिलाकार)– ६७१०

कांग्रेस (अनिल भुजु)– ४६५९ 

क्षेत्र नं.–२ को परिणाम अाइसकेको छ। प्रतिनिधिसभा र प्रदेशसभाका दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जितेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.