|
फाइल फोटो

काठमाडौं: नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जनताको चाहनाअनुसार नै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन विजयी भइरहेको दाबी गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर- ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महासचिव पोखरेलले मुलुकको आवश्यकता र जनताको चाहनालाई सम्बोधन गर्न वाम गठबन्धन देशव्यापी रूपमा विजयी भइरहेको बताए।

मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा आयोजित विजय र्‍यालीमा संचारकर्मीहरूसँग कुरा गर्दै उनले जनताले मुलुकको समृद्धिका लागि वाम गठबन्धनलाई मतदान गरेको धारणा राखे ।

महासचिव पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका जनताको चाहनालाई पूरा गर्न लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.