भक्तपुर : भक्तपुर क्षेत्र नं १ मा प्रतिनिधिसभा र प्रदेशसभा २ मा नेपाल मजदुर किसान पार्टीले जित हासिल गरेपछि मंगलबार भक्तपुर नगरमा निकालेको छ। प्रतिनिधिसभातर्फ नेमकिपाका प्रेम सुवालले ३३ हजार ७६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८ सय १८ मत प्राप्त गरेका थिए।
त्यसैगरी, भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ मा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईंले वाम गठबन्धनका रोमन शिलाकारलाई १५ हजार ८ सय २२ मतान्तरले हराएका छन्। नेमकिपाका गोसाईंले २३ हजार ८ सय ८५ मत ल्याएर विजयी हुँदा वाम गठबन्धनका शिलाकारले ८ हजार ६३ मत ल्याएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।