१० विना विभागीयमन्त्री विजयी, १० राज्यमन्त्री पराजित

|

काठमाडौं : प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावमा  उम्मेदवार बनेका धेरै मन्त्रीहरुले पराजय व्यहोरेका छन्।  कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वका ६३ जना मन्त्रीपरिषद् सदस्यमध्ये ४२ जना प्रत्यक्ष तर्फ उम्मेदवार बनेका थिए। जसमध्ये २३ जनाको पराजय भएको छ। 

वर्तमान मन्त्रिपरिषदमा रहेका एक उपप्राधनमन्त्री हारेका छन्। हामीले समाचार तयार गर्दासम्म अन्तिम मत परिणाम आउन बाकीँ दुई जना उपप्रधानमन्त्रीको पनि अग्रता छैन्। सुनसरी ४ मा  उप्रधानमन्त्री विजय गच्‍छ्दार र स्याङजा २ मा गोपालमान श्रेष्ठ प्रतिस्पर्धी छन्।

उता माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरु भने  सबै विजयी भएका छन्। तर, माओवादी केन्द्रको तर्फबाट सरकारमा गए र पछि कांग्रेस प्रवेश गरेका शम्भुलाल श्रेष्ठ भने निर्वाचित हुन सकेनन्।

कोसँग कति मतान्तरले हारे यी २३ मन्त्री

मन्‍त्री

पराजित मन्त्रीको नाम 

मतान्तर

विजयी उम्मेदवार

उपप्रधान एवं ऊर्जा

कमल थापा, राप्रपा

5,973

कृष्णप्रसाद दाहाल,एमाले

श्रम

फरमुल्लाह मंसुर, कांग्रेस (तेस्रो)     

16,086

रामकुमार यादव, फोरम

स्वास्थ्य

दीपक बोहरा,राप्रपा प्रजातान्त्रिक

5,444

घनश्‍याम भुसाल, एमाले

उद्योग

सुनिलबहादुर थापा

10,459

राजेन्द्रकुमार राई,एमाले

वन तथा भू-संरक्षण

विक्रम पाण्डे

9,341

पुष्पकमल दाहाल 'प्रचण्ड',माओवादी केन्द्र

सूचना तथा संचार

मोहनबहादुर बस्नेत

10,706

अग्‍निप्रसाद सापकोटा, माओवादी केन्द्र

कृषि विकास

रामकृष्ण यादव, कांग्रेस (तेस्रो)

16602

उमाशंकर अरगरिया, फोरम नेपाल

भूमिसुधार तथा व्यवस्था

गोपाल दहित,कांग्रेस

13,820

सन्तकुमार थारु, माओवादी केन्द्र

खानेपानी तथा सरसफाई

महेन्द्र यादव, कांग्रेस

2,541

रघुवीर महासेठ, एमाले

सहकारी तथा गरिबी निवारण

अम्बिका बस्नेत, कांग्रेस             

4,285

कृष्ण राई,एमाले

भौतिक पूर्वाधार तथा यातायात

वीरबहादुर बलायर,कांग्रेस

1,632

प्रेमबहादुर आले, एमाले

कानुन, न्याय तथा संसदीय मामिला

यज्ञबहादुर थापा, कांग्रेस

13,416

खगराज अधिकारी, एमाले

महिला, बालबालिका तथा समाजकल्याण

विक्रमबहादुर थापा, कांग्रेस

8,023

रामवीर मानन्धर, एमाले

राज्य मन्त्री

शम्भुलाल श्रेष्ठ, कांग्रेस (तेस्रो)

1,961

प्रमोद साह, राजपा

राज्य मन्त्री

शेषनाथ अधिकारी, कांग्रेस

17,356

कृष्णभक्त पोखरेल, एमाले

राज्य मन्त्री

नरबहादुर चन्द, कांग्रेस

8,922

देवेन्द्र पौडेल, माओवादी केन्द्र

राज्‍य मन्त्री

अव्दुरल रज्जाक गद्दी, कांग्रेस

7,867

छविलाल विश्‍वकर्मा,एमाले

राज्य मन्त्री

तप्तबहादुर विष्ट, कांग्रेस (प्रदेश सभा)

3,171

बिन्दमान विष्‍ट, माओवादी केन्द्र

राज्ययमन्त्री

अमरसिंह पुन, कांग्रेस

19,053

वर्षमान पुन, माओवादी केन्द्र

राज्ययमन्त्री

दिलमान पाख्रिन, कांग्रेस               

640

खेमप्रसाद लोहनी, एमाले

राज्ययमन्त्री

उदयशम्सेर राणा, कांग्रेस

6,222

नवराज सिलवाल, एमाले

राज्ययमन्त्री

चम्पादेवी खड्का, कांग्रेस

13,041

डा. सूर्यप्रसाद पाठक, एमाले

राज्‍य मन्त्री

जनकराज चौधरी, कांग्रेस कांग्रेस (प्रदेश सभा)

2876

कृष्ण बहादुर चौधरी, राजपा

यी मन्त्रीहरुले जिते?

अन्तिम परिणामा आउन बाकीँ छदै प्रधानमन्त्री शेरबहादुर देउवा सहित १७ मन्त्रीहरु विजयी भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका उम्मेदवार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रक्षामन्त्री भिमसेनदास प्रधान, सिँचाइमन्त्री सञ्जयकुमार गौतम र खेलकुदमन्त्री राजेन्द्रकुमार क्षेत्री (राजन केसी) विजयी भएका छन्। त्यस्तै खेलकुद राज्यमन्त्री तजुलाल चौधरी, श्रम तथा रोजगार राज्‍यमन्त्री डिल्लीबहादुर चौधरी पनि विजयी भएका छन्।

माओवादी केन्द्रबाट सरकारमा सहभागि भएका विना विभागीय मन्त्रीहरु सबै विजयी भएका छन्। माओवादीबाट १० जना मन्त्री विजयी भएका हुन्। तर, दुई जना बाहेक सबै राज्य मन्त्री भने पराजित भएका छन्। विना विभागीय मन्त्रीहरु  कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, प्रभु शाह, टेकबहादुर बस्नेत निर्वाचित भए। त्यस्तै विना विभागीय मन्त्रीहरु  शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार थारु, श्यामकुमार श्रेष्ठ पनि निर्वाचित भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.