स्याङ्जा २ मा उपप्रधानमन्त्री श्रेष्ठ पछिपछि

|

काठमाडौं  : स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ बाट वाम गठबन्धनबाट एमालेका उम्मेदवार नारायण मरासिनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। 

मरासिनीले ३९ हजार २२६ मत प्राप्त गरेर विजय हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता राजु थापाले २८ हजार ६६२ मत प्राप्त गरे।

स्याङ्जा क्षेत्र नम्बर १ मा पनि वाम गठबन्धनबाट एमालेका उम्मेदवार पद्मा अर्यालले अग्रता लिइरहेकी छिन्। अर्यालले यो समाचार तयार पार्दासम्म २७ हजार ६३१ मत प्राप्त गरेकी छिन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले २६ हजार १५७ मत ल्याएर पछ्याइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.