झन्डै २० हजार मत बदर
झन्डै २० हजार मत बदर
बर्दिया : बर्दियामा प्रतिनिधिसभा सदस्यको समानुपातिक मत परिणाम सार्वजनिक भएको छ। समानुपातिकतर्फ नेपाली कांग्रेस ६६ हजार ८९ मतले अग्रस्थानमा रहेको छ। नेकपा एमाले ४६ हजार ७ सय २८ मतका साथ दोस्रो स्थानमा रहेको छ भने नेकपा माओवादी केन्द्र ४५ हजार ६ सय ९८ मतका साथ तेस्रो स्थानमा रहेको छ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा ३ हजार ९ सय ४९ मत, विवेकशील साझा पार्टीको पक्षमा १ हजार ४ सय १२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को पक्षमा १ हजार २ सय ७७ मत, एकल चिह्न हसिया तारा लिएका हँसिया ताराको पक्षमा ९ सय ७० मत, संघीय समाजवादी फोरम, नेपालको पक्षमा ९सय १, नयाँ शक्ति पार्टी, नेपालको पक्षमा ७ सय ९२ मत, राष्ट्रिय जनता पार्टी नेपालको पक्षमा ७ सय ४९ मत, नेपाली जनता दलको पक्षमा ५ सय ५
मत, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)को पक्षमा ४ सय ७० मत, राष्ट्रिय जनमोर्चाको पक्षमा २ सय ७७ मत, नेपाल दलित पार्टीको पक्षमा १ सय ९२ मत, नेपाल मजदुर किसान पार्टीको पक्षमा १ सय ८७ मत, राष्ट्रिय जनमुक्ति पार्टी १ सय ६० मत रहेको छ। बाँकी दलको १ सयभन्दा कम मत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ।
यसैगरी, प्रदेशसभातर्फ ६० हजार ४सय ५० मत प्राप्त गरी सबैभन्दा बढी मत प्राप्त गरेको छ। एमालेले प्रदेशसभातर्फ ४४ हजार १सय १४ मत प्राप्त गरेको छ र नेकपा माओवादी केन्द्रले प्रदेशसभातर्फ ४४ हजार ३ सय २८ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभामा तीन हजार ५सय ६४ तथा प्रदेशसभातर्फ एक हजार २६ मत प्राप्त गरेको छ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र (प्रजातान्त्रिक) पार्टीले प्रदेशसभातर्फ १ हजार २ सय ७७, एकल चिह्न हँसिया ताराले प्रदेशसभातर्फ ८सय ७९ तथा संघीय समाजवादी फोरम, नेपालले प्रदेशसभातर्फ ९८७, नयाँ शक्ति पार्टी, नेपालले प्रदेशसभातर्फ ८ सय ७०, राजपा पार्टी नेपालले प्रदेशसभातर्फ ७२९ मत ल्याएको छ।
बर्दियामा समानुपातिकको प्रतिनिधिसभातर्फ १९ हजार ८सय ११ मत बदर भएको छ। प्रतिनिधिसभा क्षेत्र नं १ मा ११ हजार ३ सय ७७ मत बदर भएको छ।
यस्तै, प्रदेशसभा १ (१)मा ७ हजार ३९ र प्रदेससभा १ (२)मा एक हजार आठ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी देवराज भारतीले जानकारी गराए। प्रदेशसभा २ (१)मा ६ हजार ९सय ६२ र प्रदेससभा २ (२)मा ६ हजार ५सय ३९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी इन्द्रकुमार कार्कीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।