|

काभ्रेपलाञ्चोक : प्रत्यक्षतर्फ कुनै सिट पनि विजयी हुन नसकेको नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्र नं. १ मा भने पहिलो पार्टी भएको छ।

बुधवार सम्पन्न समानुपातिक तर्फको मतगणना परिणाम अनुसार प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेपाली कांग्रेसले ३३ हजार ३५२, नेकपा एमालेले २७ हजार ३१० र नेकपा माओवादी केन्द्रले २० हजार ३६६ मत प्राप्त गरेको प्रतिनिधि सभा क्षेत्र नं. १ का निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार क्षेत्र नं. १ मा कुल ९३ हजार ४९४ मत खसेकोमा ६ हजार ७०९ मत बदर भएको छ।

त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा १ मा नेपाली कांग्रेसले १४ हजार ८६५ मत, नेकपा माओवादी केन्द्रले १३ हजार ४६८ मत र नेकपा एमालेले ९ हजार ९६५ मत प्राप्त गरेको श्रेष्ठले बताइन्। प्रदेश सभा १ मा कुल ४५ हजार ७३ मत खसेको छ ।

त्यस्तै प्रदेशसभा २ मा नेकपा एमालेले १६ हजार ३३८ मत, नेपाली कांग्रेसले १६ हजार २४८ मत र नेकपा माओवादी केन्द्रले ६ हजार ५७७ मत प्राप्त गरेको छ। प्रदेशसभा २ मा ४८ हजार ४ २१ मत खसेको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.