|
File Photo

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ।

हालसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६५ जिल्लाको मतगणना कार्य सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ। बाँकी १२ जिल्लामा मतगणना जारी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन्।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म ८३ लाख ३३ हजार ६४८ मतगणना सम्पन्न भएको छ।

यो समाचार तयार पार्दासम्म, नेकपा एमालेले २८ लाख ३५ हजार मत, नेपाली कांग्रेसले २७ लाख ४९ हजार, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ३८ हजार, संघीय समाजवादी फोरम, नेपालले ४ लाख ३ हजार, राष्ट्रिय जनता पार्टी, नेपालले ३ लाख ४९ हजार, विवेकशील साझा पार्टीले १ लाख ९० हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८४ हजार, नयाँ शक्ति पार्टी, नेपालले ७३ हजार, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ६९ हजार, नेपाल मजदुर किसान पार्टी ५१ हजार र अन्य दलले ३ लाख ६ हजार मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेका जिल्लामा प्रदेश १ मा सुनसरी, प्रदेशमा २ मा सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, प्रदेश ३ मा काठमाडौं, चितवन, प्रदेश ४ मा स्याङ्जा, प्रदेश ५ मा प्यूठान, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७ मा कैलाली र कञ्चनपुर छन्। प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यतर्फको मतगणना बुधबार नै सम्पन्न भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.