काठमाडौं : प्रतिनिधिसभामा समानुपातिकतर्फको सांसदको टुंगो नलागे पनि देशका ७ वटा प्रदेशमा प्रत्यक्ष तथा सामानुपातिक निर्वाचन पद्धतितर्फका सांसद करिब टुंगो लागेको छ। समानुपातिक निर्वाचन पद्धतितर्फका सांसदको सूची पनि दलहरुले निर्वाचन आयोगमा बुझाइसकेका छन्। बुझाएको सूचीमध्ये केही दलको सूचीमा निर्वाचन आयोगले संशोधन गर्न आग्रह गरेको छ। उक्त सूची अनुसार दलहरुले नाम सच्याएमा केही सांसदको नाम हेरफेर हुन सक्छ।
सातवटा प्रदेशमा प्रत्यक्षतर्फबाट ३३० र समानुपातिक निर्वाचन पद्धतितर्फबाट २२० गरी ५५० जना सांसद हुनेछन्। त्यसमध्ये प्रदेश नम्बर १ मा ९३ जना (प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७) , प्रदेश नम्बर २ मा १०७ (प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३), प्रदेश नम्बर ३ मा ११० (प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ ४४) सांसद रहनेछन्। त्यसैगरी प्रदेश नम्बर ४ मा ६० (प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ २४), प्रदेश नम्बर ५ मा ८७ जना (प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५), प्रदेश नम्बर ६ मा ४० जना (प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६) र प्रदेश नम्बर ७ मा ५३ जना (प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१) जना सांसद रहनेछन्।
प्रदेश नम्बर १
प्रदेश नम्बर १ मा ६ राजनीतिक दलले प्रतिनिधित्व सुनिश्चित गरेका छन्। जसमा चार राजनीतिक दलले प्रत्यक्षतर्फ पनि जितेका छन् भने दुई दल समानुपातिक प्रणालीमार्फत प्रदेशसभामा पुगेका हुन्। ९३ सांसद रहने १ नम्बर प्रदेशसभामा नेकपा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ।
प्रदेश नम्बर १ को प्रदेशसभामा प्रत्यक्षतर्फ तेस्रो पार्टी बनेको नेपाली कांग्रेस समानुपातिकतर्फको सांसद संख्याको सहायताले दोस्रोमा पुगेको छ। कांग्रेसले १ नम्बर प्रदेशको प्रदेशसभाका ८ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ विजय हासिल गरेको थियो। समानुपातिकतर्फ भने कांग्रेसले १३ सिट जितेको छ।
नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ११ सिट जितेको छ भने समानुपातिकतर्फ ५ सिट जितेको छ। संघीय समाजवादी फोरमले प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ २ सिट जितेको छ। त्यसबाहेक राप्रपा र संघीय लोकतान्त्रिक मञ्चले एक/एक सिट समानुपातिकतर्फबाट सांसद पाएका छन्।
नेकपा एमाले
एमालेको समानुपातिकतर्फ
नेपाली कांग्रेस
समानुपातिकतर्फ नेपाली कांग्रेस
नेकपा माओवादी केन्द्र
समानुपातिकतर्फ (नेकपा माओवादी केन्द्र)
संघीय समाजवादी फोरम नेपाल
राप्रपा
संघीय लोकतान्त्रिक मञ्च
१०७ प्रदेशसभा सदस्य रहेको प्रदेश नम्बर २ मा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले पहिलो स्थान हासिल गरेको छ। फोरमले यस प्रदेशमा प्रत्यक्षमा २० र समानुपातिकतर्फ ९ सिट गरी २९ सिट जितेको छ।
दुई नम्बर प्रदेशसभामा राष्ट्रिय जनता पार्टी नेपालले २५ सिटसहित दोस्रो दल बनेको छ। राजपाले १५ क्षेत्रमा प्रत्यक्षबाट र १० सिट समानुपातिकबाट प्राप्त गरेको छ। यस प्रदेशमा नेकपा एमाले तेस्रो भएको छ। उसले प्रत्यक्षतर्फ १४ सिट जितेको छ भने समानुपातिकमा ७ सिट जितेको छ।
प्रदेश नम्बर २ मा नेपाली कांग्रेस चौथो दल बनेको छ। कांग्रेसले प्रत्यक्षमा ८ सिट र समानुपातिकमा ११ सिट जितेको छ। नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ६ र समानुपातिकमा ५ सिट प्राप्त गरेर पाँचौ पार्टी बनेको छ।
यस प्रदेशमा एक जना स्वतन्त्र उम्मेदवारले प्रत्यक्षतर्फ जित हासिल गरेका छन्। राजपाका बागी उम्मेदवार शेखअबुल कलाम आजादले रौतहट ४ 'ख' स्वतन्त्र हैसियतमा चुनाव जितेका हुन्। त्यस्तै समानुपातिकमा मोहम्मद रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टीले एक सिट प्राप्त गरेको छ।
संघीय समाजवादी फोरम नेपाल
समानुपातिकतर्फ फोरम नेपाल
राष्ट्रिय जनता पार्टी नेपाल
राजपा समानुपातिक
नेकपा एमाले
समानुपातिक नेकपा एमाले
नेपाली कांग्रेस
नेपाली कांग्रेस समानुपातिक
नेकपा माओवादी केन्द्र
माओवादी समानुपातिक
स्वतन्त्र
नेपाल संघीय समाजवादी पार्टी
११० जना प्रदेशसभा सांसद रहने प्रदेश नम्बर ३ मा नेकपा एमालेले सबैभन्दा बढी ५८ सिट पाएको छ। एमालेले प्रत्यक्षतर्फ ४२ र समानुपातिकतर्फ १६ सिट जितेको छ।
यस प्रदेशमा दोस्रो ठूलो दल बनेको माओवादी केन्द्रले प्रत्यक्षतर्फ १५ र समानुपातिकतर्फ ८ गरी २३ सिट जितेको छ। तेस्रो दल बनेको नेपाली कांग्रेसले प्रत्यक्षमा ७ र समानुपातिकमा १४ सिट जितेको छ।
प्रदेश नम्बर ३ को प्रदेशसभामा नेपाल मजदुर किसान पार्टीले एक प्रत्यक्ष र एक समानुपातिक गरी दुई सिट जितेको छ। त्यस्तै नयाँ शक्ति पार्टी नेपालले प्रत्यक्षमा एक सिट जितेको छ। विवेकशील साझा पार्टीले समानुपातिक पद्धतितर्फबाट ३ सिट जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रतातन्त्र पार्टी प्रजातान्त्रिकले पनि समानुपातिक पद्धतिबाट १/१ सिट जितेका छन्।
नेकपा एमाले
नेकपा एमाले समानुपातिक
नेकपा माओवादी केन्द्र
माओवादी केन्द्र समानुपातिक
नेपाली कांग्रेस
नेपाली कांग्रेस समानुपातिक
विवेकशील साझा पार्टी (समानुपातिक)
नेपाल मजदुर किसान पार्टी
नयाँ शक्ति पार्टी नेपाल
राष्ट्रिय प्रजातन्त्र पार्टी
राप्रपा प्रजातान्त्रिक
६० जना प्रदेशसभा सदस्य रहेको यस निर्वाचन क्षेत्रमा नेकपा एमालेले प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १० गरी २७ सिट जितेको छ। यो प्रदेशमा स्वतन्त्र रुपमा प्रदेशसभा सांसद निर्वाचित मनाङ ख का दीपक मनाङेलाई एमालेले समर्थन गरेको छ। दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले प्रत्यक्षमा ६ र समानुपातिकतर्फ ९ गरी १५ सिट पाएको छ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ३ सिट गरी १२ सिट जितेको छ। राष्ट्रिय जनमोर्चाले प्रत्यक्षमा २ र समानुपातिकमा १ गरी ३ सिट जितेको छ। नयाँ शक्ति पार्टी नेपालले प्रत्यक्षमा १ र समानुपातिकमा १ गरी २ सिट जितेको छ।
नेकपा एमाले
नेकपा एमाले समानुपातिक
नेपाली कांग्रेस
नेपाली कांग्रेस समानुपातिक
नेकपा माओवादी केन्द्र
माओवादी केन्द्र समानुपातिक
राष्ट्रिय जनमोर्चा
नयाँ शक्ति पार्टी नेपाल
कुल ८७ सदस्य रहने प्रदेश नम्बर ५ को प्रदेशसभामा नेकपा एमालेले मात्रै ४१ सिट जितेको छ। उसले प्रत्यक्षतर्फ २८ र समानुपातिकतर्फ १३ सिट जितेको छ।दोस्रो पार्टी बनेको नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १४ र समानुपातिकतर्फ ६ गरी २० सिट जितेको छ।
नेपाली कांग्रेसले प्रत्यक्षमा ७ र समानुपातिकमा १२ गरी १९ सिट जितेर तेस्रो ठूलो दल बनेको छ। यस प्रदेशमा संघीय समाजवादी फोरम नेपालले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ १ गरी ४ सिट जितेको छ। यस प्रदेशमा राष्ट्रिय जनमोर्चाले पनि समानुपातिकतर्फ १ सिट जितेको छ।
नेकपा एमाले
नेकपा एमाले समानुपातिक
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी समानुपातिक
नेपाली कांग्रेस
कांग्रेस समानुपातिक
संघीय समाजवादी फोरम नेपाल
राष्ट्रिय जनमोर्चा
कुल ४० जना प्रदेशसभा सांसद रहने यस प्रदेशसभामा चारवटा दलको मात्र प्रतिनिधित्व रहने भएको छ। नेकपा एमालेले प्रत्यक्षमा १४ र समानुपातिकमा ६ गरी २० सिट जितेको छ। दोस्रो ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी १३ सिट जितेको छ। यस प्रदेशमा नेपाली कांग्रेसले प्रत्यक्षमा १ र समानुपातिकमा ६ गरी ७ सिट जितेको छ। राप्रपाले पनि समानुपातिकतर्फ एक सिट जितेको छ।
नेकपा एमाले
नेकपा एमाले समानुपातिक
नेकपा माओवादी केन्द्र
माओवादी केन्द्र समानुपातिक
नेपाली कांग्रेस
राप्रपा
५३ जना प्रदेशसभा सदस्य रहने यस प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेले प्रत्यक्षमा १७ र समानुपातिकमा ८ गरी २५ सिट जितेको छ। समानुपातिकतर्फबाट आठै जना महिला सिफारिसमा परेका छन्। समानुपातिक सूचीमा रहेका कर्णबहादुर थापा सांसद बन्न असफल भए। नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १० र समानुपातिकमा ४ गरी १४ सिट प्राप्त गरेको छ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश हो, प्रदेश नम्बर ७। यहाँको प्रदेशसभामा नेपाली कांग्रेसले प्रत्यक्षमा ४ सिट र समानुपातिकमा ८ सिट जितेको छ। यस प्रदेशमा राष्ट्रिय जनता पार्टी नेपालले प्रत्यक्षमा १ र समानुपातिकमा १ गरी दुई सिट जितेको छ।
नेकपा एमाले
नेकपा एमाले समानुपातिक
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी समानुपातिक
नेपाली कांग्रेस
नेपाली कांग्रेस समानुपातिक
राष्ट्रिय जनता पार्टी नेपाल
तपाईंको ईमेल गोप्य राखिनेछ ।