|
फोटो : देविका घर्तीमगर

काठमाडौं : हरितालिका तीजको अवसरमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको छ। अनेरास्ववियुले तीजकाे शुभकामना आदानप्रदानसँगै साे कार्यक्रमकाे अायाेजना गरेकाे हाे। 

फुटसल खेल मैदान थापागाउँमा भएको प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी नेपाल, अनेरास्ववियुको केन्द्रिय कमिटी, अनेरास्ववियु (क्रान्तिकारी),  अनेरास्ववियु महिला समूह, अनेरास्ववियु (क्रान्तिकारी) महिला समूह र खेलकूद पत्रकारको समुहको सहभागिता थियो।

प्रतियोगिता उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व अध्यक्ष ठाकुर गैरेले भड्काउपूर्ण तीज मनाउने शैलीलाई परिवर्तन गर्दै रचनात्मक बनाउनतर्फ जोड दिनुपर्ने बताए।

अनेरास्ववियुकी अध्यक्ष नविना लामाले महंगो र भड्कीलो तीज मनाउने परम्परालाई कम गरेर रचनात्मक सन्देश दिन मैत्रैपूर्ण फुटसल प्रतियोगीताको आयोजना गरिएको बताइन्। कार्यक्रममा सांसद यज्ञराज सुनार, पूर्व युवा तथा खेलकुदमन्त्री कमला रोकामगर, अखिलका पूर्व अध्यक्षहरु राजेन्द्र राई, रामकुमारी झाक्री तथा प्रहरी उपरीक्षक किरण ब्रजाचार्यले तीज मनाउने परम्परालाई कम खर्चिलो बनाउदै खेलकुदको माध्यमबाट सिङ्गो देशलाई एकतावद्ध बनाउनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.