भक्तपुर : माघे संक्रान्तीको अवसरमा भक्तपुरमा 'सम्यकदान पर्व' मनाइएको छ।
यो पर्वमा विभिन्न स्वरुपका बुद्ध र विहारका गुरु पुरोहितलाई आ–आफ्नो मनोकांक्षा पुरा हुने अपेक्षासहित सर्वसाधारणले दान गर्ने गर्छन्, जसलाई सम्यक दान भन्ने गरिन्छ।
सम्यक दानका लागि सोमबार भक्तपुरको क्वाठण्डौ प्रशन्नशील महाविहार, साकोथा चतब्रह्म महाविहार, गोल्मढी मङ्गल धर्मदीप विहार, इटाछें जयकिर्ति महाविहार (थथुवहि) र भार्वाचो बौद्ध समकृत विहारको दीपंकर गरी मनाइएको छ।
पाँच दीपंकर बुद्धहरु एवं प्रशन्नशील महाविहारका क्वाचपाल देवता, सम्यक दान दाताको कूलदेवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपंकरहरु) तथा प्रशन्नशील महाविहारका स्थविर आजु, गुणकिर्तिमहाविहार (थिमि)का उपाध्यायगुरुजू एवं मुलपूरोहित गुरुजुहरुलाई भक्तपुरको इटाछेँमा रहेको जयकिर्ति महाविहार थथुवही स्थित भुइँख्यलमा जम्मा गरिएको थियो।
सम्यक दानमा भूमिमा उब्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडीहरुका साथै फलफूल र मिठाई दान गरिन्छ।
सम्यक दानमा धान, चामल, लड्डु (रोटी र सख्खर मिलाई बनाएको विशेष प्रकारको लड्डु), पुरी र दक्षिणा राखिन्छ।
त्यस्तै सम्यक भोजनमा सहभागी गृहस्थ भिक्षुहरु बज्राचार्य र शाक्य वर्गहरुलाई धानचामल, लड्डु, पुरी र दक्षिणा दान दिइन्छ।
हेर्नुहोस्, फोटोहरु:
तपाईंको ईमेल गोप्य राखिनेछ ।