धनकुटा : धनकुटाको निगाले सिमेन्ट उद्योग व्यवस्थापन र स्थानीय बासीबीचको विवाद फेरी बढेको छ। उद्योग स्थापना भएसँगै स्थानीय बासीले वातवरण प्रदुषण भएको भन्दै नियन्त्रणको लागि माग गर्दै आएको र २ चैत २०७२ मा सर्वोच्च अदालतसम्म पुगेको विषय अहिले पुन: विवादमा तानिएको हो।
२०७२ सालमा सर्वोच्च अदालतले प्रदुषण नियन्त्रण गर्न आदेश जारी गरेको थियो। तर लामो समयसम्म उद्योगले प्रदुषण नियन्त्रण नगरेको भन्दै स्थानीय पुन: विरोध जनाएपछि समस्या बल्झिएको हो। विवाद बढ्दै जादा उद्योग संचालक माथि हातपात, उद्योगमा ताला लाग्नुकासाथै र स्थानीय प्रकाउ पर्ने समेतका घटना भएका छन्।
सिमेन्ट उद्योगबाट उत्पन्न प्रदुषण नियन्त्रण गरिनु पर्ने भन्दै गत साता उद्योग परिसरमा स्थानीयले घेराउ गर्दै प्रदर्शन गरेका थिए। यस उद्योगले वातावरण प्रदुषण गरेर स्थानीयहरुका बालीनाली प्रभावित भएको जाहेरी प्रशासनमा परेपछि मंगलबार विज्ञ टोली झिकाएर उद्योग अनुगमन गरिएको थियो।
सोही समयमा उद्योगका सञ्चालक पौडेल माथि स्थानीय वासीहरुले गालीगलोज हातपात गरेका थिए। उत्पन्न तनावपछि स्थानीयवासी र उद्योगबीच वातावरण प्रदुषण रोक्ने प्रविधी अपनाउने सहमति भएको थियो।
तर, सञ्चालक पौडेल आफूमाथि कुटटपिटको उजुरी दिएपछि उजुरी दिएपछि घटनामा संलग्न आरोपीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
कुटपिटबाट पौडेलको टाउकोमा चोट लागेको छ। उता स्थानीयले पक्राउ गरिएका दुई जनालाई रिहाइको माग गर्दै उद्योगमा ताला शनिबार उद्योगमा ताला लगाएका छन्। उनीहरूले उद्योगबाट निस्किएको धुलोका कारण बढ्दो वातावरण प्रदुषण नियन्त्रण गर्ने प्रविधि नराखेसम्म आन्दोलनलाई जारी राख्ने चेतावनी दिएका छन्।
वर्षौदेखि चुप लागेपनि अहिले भने उद्योगको प्रदुषणले मानव स्वास्थ्यमा विभिन्न असर पार्न थालेपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको आन्दोलन समितिका संयोजक दिपक गुरुङले बताए। स्थानीय र उद्योगबीच विवाद बढे पछि स्थानीय प्रशासनले ३ दर्जनको संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाएर उद्योगलाई सुरक्षा दिइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।