|

काठमाडौं : प्रदेश २ मा सरकार गठनको विषयमा राष्ट्रिय जनता पार्टी नेपालले संघीय समाजवादी फोरम नेपाल समक्ष तीनबुँदे प्रस्ताव राखेको छ। राजपा नेपाल र फोरम नेपालले अढाई–अढाई वर्ष गरी चक्रीय प्रणालीमा सरकारको नेतृत्व लिने, मुख्यमन्त्रीसहित दुई मन्त्री फोरम नेपालललाई दिने र राजपा नेपालले सभामुख र चारवटा मन्त्रालय लिने सो दलले प्रस्ताव गरेको हो। 

यद्यपि, राजपा नेपालले राखेको यो प्रस्तावप्रति फोरम नेपाल सकारात्मक देखिएकोछ छैन। राजपा नेपालले प्रस्ताव राख्ने वित्तिकै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्कीर्ण सोच र दलीय स्वार्थमा रहेर सरकार गठन गर्‍यो भने प्रदेशका लागि काम गर्न नसकिने भन्दै दलीय स्वार्थभन्दा माथि उठेर आ–आफ्नो दलमा पुन: एक पटक छलफल गर्न राजपा नेपालका नेताहरुलाई आग्रह गरे।

यति कुरा भनेर अध्यक्ष्ँ यादव आफूलाई काठमाडौंमा काम छ, दुई दिनपछि पुनः बैठक बेर टुंगो लगाउने भनी बैठबबाट हिँडेका थिए। राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आफूहरुले प्रस्ताव राखेपछि उपेन्द्र यादवले केही जवाफ नदिई पार्टिमा छलफल गेर दुई दिनपछि बैठक बस्ने भनेरकाठमाडौंमा फर्किएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.