|

काठमाडौं : सरकारले वैदेशिक रोजगारीका लागि जाने व्यक्तिका लागि न्यूनतम एकहप्ते सीपमुलक तालिम लिएको हुनुपर्ने बाध्यकारी व्यवस्था गर्ने तयारी गरेको छ।

तालिम र सीपबिना नै वैदेशिक रोजगारीमा जाँदा कमाइ पनि राम्रो नहुने, कामको सिलसिलामा जोखिम बढी हुने कुरालाई ध्यानमा राख्दै सरकारले तालिम अनिवार्य गर्ने गरी कार्यविधि कार्यान्वयनमा ल्याउन लागेको हो। वैदेशिक रोजागारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि–२०७४ भर्खर मन्त्रालयबाट पारित भई कार्यान्वयनमा आएको छ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले कार्यविधिअनुसार अबको एक वर्षभित्र अनिवार्य रुपमा तालिम लिएकालाई मात्रै वैदेशक रोजगारीमा जान श्रम स्वीकृति दिने गरी तयारी थालिएको जानकारी दिए।

उनका अनुसार कार्यविधिमा एक महिना वा सोभन्दा कम समयको तालिम, एक महिनाभन्दा बढीको तालिम, तीन महिनाभन्दा कम समयको तालिम र तीन महिनाभन्दा बढी समयको लामो अवधिको गरी तीन तहको तालिमको व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.