रौतहट: कटहरिया नगरपालिका ९ डुमरिया टोलका स्वास्थ्यकर्मी दीलिप साहको १२ वर्षीय छोरा युवराज साहको अपहरणपछि हत्या गरेको अभियोगमा सोही वडाका अध्यक्षको घरमा पीडित पक्षले तोडफोड गरेका छन्। बालककाे अपहरणपछि हत्या गरेको भन्दै पीडित पक्ष र आक्रोसित स्थानीयहरूको समूहले वडा अध्यक्ष रामाज्ञा यादवको घरमा तोडफोड गरेका छन्।
आक्रोशित स्थानीयको तोडफोड गर्ने क्रममा दुई पक्ष बीच झडप भएको छ। दुई पक्षबीच भएको झडप नियन्त्रण गर्ने क्रमा प्रहरीका सईसहित ३ जना घाइते भएका छन्। घाइते हुनेहरूमा इलाका प्रहरी कार्यालयका कटहरियाका प्रमुख प्रहरी नायव निरीक्षक लक्ष्मीनारायण कुर्मी, प्रहरी चौकी छेदी चोकका प्रहरी हवल्दार बुनिलाल मुखिया र प्रहरी जवान विजय यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
वालक अपहरण पछि हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय गरुडाले ५ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा कटहरीया-९ डुमरियाका २१ वर्षीय शक्ति राय यादव, २० वर्षीय सुनिल यादव, २० वर्षीय प्रविण राय यादव र बृन्दावन नगरपालिका-९ आखरपाथरका १९ वर्षीय विनोदकुमार पटेल, र २० वर्षिय रवीकुमार पटेल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक तथा प्रबक्ता रामकुमार दानीले जानकारी दिएका छन्।
बालक साहलाई अपहरण गरीअपहरणकारीले घर भन्दा २५ किलोमिटर टाढा गढीमाई नगरपालिका-५ मदनपुरस्थित बागमती नदी किनारमा लगेर गोली हानी हत्या गरेका थिए। अहिले साहको परिवार शोकाकुल अवस्थामा रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।