कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका वास्तविक दोषीलाई खोजेर कारबाहीको माग गर्दै भएको प्रदर्शन उग्र बन्न थालेपछि कञ्चनपुरमा बिहीबार दिउँसोदेखि अनिश्चितकालिन कर्फ्यू लगाइएको छ।
प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीका अनुसार परिस्थिति नियन्त्रणबाहिर जाने अवस्था देखिएपछि कर्फ्यू लगाउने अवस्था आएको हो। प्रमुख जिल्ला अधिकारी कुमार खड्काको नेतृत्वमा बसेको जिल्ला सुरक्षा समिति बैठकले कर्फ्यू आदेश जारी गरेको हो।
प्रहरीले मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई मूख्य दोषी भनेर सार्वजनिक गरेको र वास्तविक दोषीलाई उम्काउने प्रयास गरेको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका हुन्।
पछिल्लो समय प्रदर्शन उग्र बनेको र सहरमा मात्रै सीमित रहेको प्रदर्शन गाउँतिर पनि हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो।
थप समाचार:
तपाईंको ईमेल गोप्य राखिनेछ ।