|
File Photo

कालिकोट : केन्द्रीय तथ्यांक विभागको गरेको आर्थिक जनगणना २०७५ अनुसार कर्णाली प्रदेशमा ४२ हजार ८१७ व्यवसायी संस्था रहेको उल्लेख गरेको छ। ती व्यवसायी संस्थामा एक लाख ३२ हजार ४२५ जना रोजगारी पाएका छन्।

विभागले आर्थिक तथ्यांकको आधारको रूपमा विभिन्न प्रकारका उद्योग, व्यवसाय, संघसंस्था आदि प्रतिष्ठानहरू (आर्थिक एकाइहरू)को विवरण संकलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो।

कर्णाली प्रदेशका १० वटा जिल्लामा सबैभन्दा बढी व्यवसायी संस्थाहरू सुर्खेतमा रहेको र सबैभन्दा कम डोल्पा जिल्लामा रहेको छन्। सुर्खेतमा ११ हजार ८२४ र डोल्पामा ६८१ व्यवसायी संस्थाहरू रहेको प्रतिवेदनमा उल्लेख छ।

अन्य जिल्ला

सुर्खेतः व्यवसायी संस्था ११ हजार ८२४ व्यवसायी संस्था रहेको र त्यसमा रोजगारीको ३६ हजार ४९६ जनाले रोजगारी पाएका छन्। जसमा महिला १५ हजार ८८७ र पुरुष २० हजार ६६६ जना आर्थिक क्रियालाकलाप संग्लन रहेका छन्।

सल्यानः व्यवसायी संस्था ६ हजार ९८ रहेको र त्यसमा रोजगारीको २१ हजार ३१३ जनाले रोजगारी पाएका छन्। जसमा महिला नौ हजार ४३० र पुरुष ११ हजार ८८३ जना आर्थिक क्रियालाकलाप संग्लन रहेका छन्।

पश्चिम रुकुमः व्यवसायी संस्था चार हजार एक रहेको र त्यसमा रोजगारीको १२ हजार ७३६ जनाले रोजगारी पाएका छन्। जसमा महिला पाँच हजार २०५ जना र पुरुष सात हजार ५३१ जना आर्थिक क्रियालाकलाप संग्लन रहेका छन्।

जाजरकोटः व्यवसायी संस्था तीन हजार ३०८ रहेको र त्यसमा रोजगारीको १० हजार ५७४ जनाले रोजगारी पाएका छन्। जसमा महिला चार हजार २१६ र पुरुष छ हजार ३५८ जना आर्थिक क्रियालाकलाप संग्लन रहेका छन्।

दैलेखः व्यवसायी संस्था ६ हजार ३१४ रहेको र त्यसमा रोजगारीको १४ हजार ६७९ जनाले रोजगारी पाएका छन्। जसमा महिला ६ हजार ४२ र पुरुष आठ हजार ६३७ जना आर्थिक क्रियालाकलाप संग्लन रहेका छन्।

कालिकोटः  व्यवसायी संस्था तीन हजार ५३५ रहेको र त्यसमा ११ हजार ८५९ जनाले रोजगारी पाएका छन्। जसमा महिला चार हजार ६९० र पुरुष सात हजार १६९ जना आर्थिक क्रियालाकलाप संग्लन रहेका छन्।

जुम्लाः  व्यवसायी संस्था तीन हजार ७८ रहेको र त्यसमा रोजगारीको आठ हजार ४८१ जनाले रोजगारी पाएका छन्। जसमा महिला तीन हजार २६९ र पुरुष पाँच हजार २१२ जना आर्थिक क्रियालाकलाप संग्लन रहेका छन्।

हुम्लाः  व्यवसायी संस्था दुई हजार १५ रहेको र त्यसमा रोजगारीको पाँच हजार ७०७ जनाले रोजगारी पाएका छन्। जसमा महिला एक हजार ९९८ र पुरुष तीन हजार ७०९ जना आर्थिक क्रियालाकलाप संग्लन रहेका छन्।

मुगुः  व्यवसायी संस्था एक हजार ७८३ रहेको र त्यसमा रोजगारीको सात हजार ४७१ जनाले रोजगारी पाएका छन्। जसमा महिला तीन हजार ९२८ र पुरुष तीन हजार ५४३ जना आर्थिक क्रियालाकलाप संग्लन रहेका छन्।

डोल्पाः  व्यवसायी संस्था ८६१ रहेको र त्यसमा रोजगारीको तीन हजार १०९ जनाले रोजगारी पाएका छन्। जसमा महिला एक हजार २७१ जना र पुरुष एक हजार ८३८ जना आर्थिक क्रियालाकलाप संग्लन रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.