कालिकोट : सुर्खेतमा रहेको काक्रेबिहार ऐतिहासिक तथा पुरातात्विक महत्त्वपूर्ण स्थल हो। जुम्लाका खस राजाहरू अशोक मल्लको शासनकालमा निर्माण गरिएको काक्रेबिहार पुनर्निर्माण नहुँदा अहिले जीर्ण अवस्थामा रहेको छ।
बिस. १९९० को भुइचालोले भत्काएको काक्रेबिहार त्यसपछि पुनर्निर्माण हुन सकेको छैन। पुनर्निर्माण नहुँदा त्यहाँ रहेका पुरात्वतिक वस्तुहरू अहिले अलपत्र अवस्थामा रहेका छन्। हिन्दू र बौद्धधर्मावलम्बीहरूको आस्थाको शिखरमा रहेका यस काक्रेबिहार दुवै धर्मालम्बीहरूले समान रूपमा लिने गरेका छन्।
प्राचीन खस राजाहरू बौद्ध र हिन्दू धर्मलाई धार्मिक सहिष्णुभाव राख्ने भएकाले शिव, पार्वती र सरस्वतीका मूर्तिहरू पनि काक्रेबिहारमा देख्न सकिन्छ। नागरिक उड्यन तथा पर्यटन मन्त्रालयले पुनर्निर्माणका लागि लागि आठ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरी पुनर्निर्माणको ठेक्का दिएको थियो। ठेकेदारले २०७४ सालमा सक्ने भनिए तापनि अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।