|
फाइल फोटो

काठमाडौं : यो वर्षको माध्यामिक शिक्षा परीक्षा कक्षा १० को परीक्षा सकिएको छ। प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको एसइई परीक्षा आज सकिएको हो।

प्रदेश २ का आठ जिल्लामा बाँकी रहेको माध्यमिक शिक्षातर्फको एसइई परीक्षा शुक्रबार सकिएको हो। चैत २२ देखि पुनः शुरु भएको परीक्षा परीक्षामा २६२ परीक्षाकेन्द्रबाट ७० हजार ५६८ विद्यार्थीले परीक्षा दिइसकेसँगै यो वर्षको एसइई परीक्षा सकिएको हो। लगातार प्रश्नपत्र आउट भएपछि प्रदेश-२ मा रद्द र स्थगित भएको एसइई परीक्षा चैत २२ गतेदेखि पुनः सञ्चालन गरिएको थियो।

'परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार साधारणतर्फको परीक्षा बुधबार सकिएको हो भने प्राविधिकतर्फको परीक्षा शुक्रबार सम्पन्न भएको छ। अन्य ६ प्रदेशको एसइई भने साधारणतर्फको चैत १९ गते र प्राविधिकतर्फको चैत २१ गते नै सकिएको थियो।

स्थगित भएपछि चैत २२ देखि २९ गतेसम्म चल्ने परीक्षालाई शान्तिपूर्ण, मर्यादित र अवान्छित गतिविधिलाई रोक्न प्रदेश –२ मा केन्द्राध्यक्षबाहेक परीक्षामा खट्ने परीक्षा निरीक्षक, शुरक्षाकर्मी, शिक्षक, कर्मचारी र सहयोगी सबैलाई मोबाइल फोन प्रयोगमा समेत निषेध लगाइएको थियो।

देशभर सञ्चालित एसइई परीक्षा सम्पन्न भए पनि प्रर्याप्त जनशक्ति नहुँदा उत्तरपुस्तिका परीक्षण कार्यमा समस्या हुने भएको छ। मुलुक संघीयतामा गएसँगै कर्मचारीको समायोजनका हुँदा दक्ष जनशक्तिको कमी भएको हो।

प्रदेश–२ का परीक्षार्थीले भीषण हुरीबतासको समयमा पनि परीक्षा त दिए तर उनीहरूलाई एकपछि अर्को समस्याले छोडेको छैन। परीक्षाको पूरा तयारीमा बसेको बेला प्रश्नपत्र परीक्षाअगावै बाहिरिनु, फेरि परीक्षा दिएपछि उत्तरपुस्तिका परीक्षण गर्ने कर्मचारीको अभाव हुनु यो विद्यार्थी, विद्यालयको मात्र होइन सिङ्गो देशकै चुनौती हो, समस्या हो। परीक्षा सकिए पनि अहिले विद्यार्थी उत्तरपुस्तिका परीक्षण होला कि नहोला, नतिजा कहिले आउला भन्ने अर्को चिन्तामा परेका छन्।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका नियन्त्रक विष्णु अधिकारीले समन्वयात्मक इकाइहरूमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षणमा समस्या हुने बताए। उनी भन्छन्, ‘समायोजनपछि ६४ जना रहेको परीक्षा नियन्त्रण कार्यालयसमेत अहिले २३ जनामा सीमित भएको छ।’

निर्देशक अधिकारीका अनुसार यसपटकको एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षण अन्तर प्रदेश गर्ने भएको छ। उनका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर लगायत अन्य ५९ स्थानका परीक्षण केन्द्रबाट उत्तरपुस्तिका परीक्षा गरिने छ। यसवर्ष एउटा प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा पठाएर परीक्षण गर्ने तयारी रहेको समेत उनले बताएका छन्। उनी कर्मचारी समायोजनकै कारण उत्तरपुस्तिका परीक्षणमा ठूलो मर्का परेको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.