दोहोरो व्यापारमा नाफामा रहेका १२ राष्ट्र

|

काठमाडौं : चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो नौ महिनामा नेपालले १५० राष्ट्रसँग व्यापार गरेको छ। यी राष्ट्रहरूमध्ये अधिकांशसँग नेपालले घाटाको व्यापार गरिरहेको छ।

नेपालले व्यापार गरिरहेका ५८ देश त्यस्ता देश रहेका छन्। जहाँबातर्फ (आयात वा निर्यात) अथवा किन्ने वा बेच्ने मात्रै भएको छ। धेरै राष्ट्रसँग आयात व्यापार मात्रै छ। १५० मध्ये ४७ राष्ट्रमा नेपालबाट एक रुपैयाँको सामान पनि जाँदैन तर आयात भने भइरहन्छ। नौ महिनाको अवधिमा नेपालको एक रुपैयाँ पनि सामान नपुगेका विश्‍वका ४७ राष्ट्रबाट ११ अर्ब ९६ करोड रुपैयाँ बराबरको सामान आएको छ। 

थोरै राष्ट्रसँग मात्रै नेपालले व्यापार नाफा गरिरहेको अवस्थामा केही त्यस्ता राष्ट्र पनि छन् जहाँ नेपालली सामान गइरहेको छ तर ती देशबाट नेपालमा एक रुपैयाँको पनि सामान आएको छैन। १५० राष्ट्रमध्ये ११ राष्ट्रमा नेपाली सामान बिक्री हुन्छ तर त्यस देशमा सामान नेपालमा भित्र्याइएको छैन।

एक तर्फ व्यापारमा नेपाली सामान जाने मात्रै राष्ट्र

नेपालले व्यापार नाफा गर्ने २३ राष्ट्रमध्ये ११ राष्ट्रबाट आयात व्यापार भएको छैन। अर्थात् नेपालले सामान पठाउने मात्रै गर्छ। ती ११ राष्ट्रमा ११ करोड ३० लाख रुपैयाँ बराबरको  कारोबार गरेको छ। यो रकममध्ये सबैभन्दा ठूलो कारोबार भएको अल्जरियारासँग भएको छ। यो देशसँग मात्र ६ करोड ८६ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ। 

त्यस्तै बहामास,  बर्मुडा, माली, काजकस्थान, ग्युनी, अजर वैजान, एन्टिगा एन्ड बर्व्यडा र यमनसँग भएको छ। सिरियन अरब रिपब्लिकामा पनि नेपालबाट सामान निर्यात मात्रै हुन्छ।

आर्थिक वर्ष २०७३/७४ मा १८ राष्ट्रमा कति मूल्य बराबरका सामान गए?

देश

निर्यात भएको सामानको मूल्य (रूपैयाँमा)

बहामास

८,६८,०००

बर्मुडा

३,९८,०००

एन्टिगा एन्ड बर्वुडा

२,७८,०००

यमन

१,८२,८६,०००

अल्जेरिया

६,८६,४६,०००

काजकस्थान

६,४२,०००

पानामा

२३,१६,०००

माली

१,६७,०००

ग्युनी २८,५१,०००
अजर वैजान १८,८४,०००

न्यु क्यालोडोनिया

१,६६,६१,०००

जम्मा देश : ११

जम्मा रकम: ११,३०,०१,०००

नेपालले व्यापार गर्न राष्ट्रहरूमा ४७ राष्ट्रबाट भने सामान आयात गरिन्छ तर निर्यातको परिणाम शून्य छ। साथै आयात निर्यात दुवै व्यापार गरिने ९८ राष्ट्रहरूमा १२ राष्ट्रसँगमात्रै व्यापार नाफामा छ। यी १२ राष्ट्रमा कुल व्यापार ३७ करोड ३९ लाख रुपैयाँको कारोबार गरेकोमा आयात तीन करोड २८ लाख रुपैयाँको रहेको छ भने निर्यात ३४ करोड १० लाख रुपैयाँ रहको छ। यस हिसाबले आयातको तुलनामा निर्यात ३० करोड ८१ लाख रुपैयाँ बढी छ। 

यी हुन् नेपालले आयातभन्दा निर्यात गर्ने १२ राष्ट्र, कहाँ कति व्यापार? कति नाफा?

देश

आयात निर्यात व्यापार

नाफा

अफगानस्तान

३,०९,४५, ०००

४९,६९,६२,०००

इस्टोनिया

५३,४७, ०००

१,२७,०००

आइसल्याण्ड

८०,८२, ०००

३२,८०,०००

युगेन्डा

२,७६,३२,०००

१४,००,०००

एल सल्भाडोर

४६,९१, ०००

४,४९,०००

सेन्ट्रल अफ्रिकन रिपव्लिक

२७,९२,७१, ०००

२७,५८,३३,०००

मोनाको

७०,८६, ०००

५५,१६,००

सुडान

१५,१७, ०००

२,६९,०००

माल्दिभ्स

६२,२५, ०००

५२,३९,०००

कोलम्बिया

८,३५, ०००

३,०००

माउरिटिअस

१६,८५, ०००

१२,२९,०००

रुवान्डा

२१,०८, ०००

१२,२९,०००

र, यो पनि

चालु आर्थिक वर्षको नौ महिनामा नेपालको व्यापार घाटा नौ खर्ब ९१ अर्ब ७८ करोड ८८ लाख ५७ हजार पुगेको छ। यो अवधिमा आयात व्यापार १० खर्ब ६१ अर्ब ६१ करोड ११ लाख चार हजार रुपैयाँ रहेको छ। निर्यात व्यापार भने जम्मा ६९ अर्ब ८२ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको रहेको छ। 

व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले घट्दा आयात व्यापार २१ र निर्यात व्यापार १६ प्रतिशतले वृद्धि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.