१५ खर्ब २५ अर्ब रुपैयाँको बजेट !
१५ खर्ब २५ अर्ब रुपैयाँको बजेट !
काठमाडौं : अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारी मध्यरातसम्म गरिरहेको छ। बजेटका लागि आवश्यक संघीय रातो किताब र प्रदेश रातो किताब प्रेसमा गइसकेको छ। त्यस्तै आर्थिक ऐन मध्यरातपछि पठाउने तयारी छ।
बिनियोजन ऐन र बजेट भाषण पुस्तिका बुधबार बिहान १० बजेपछि मात्रै प्रेसमा पठाउने तयारी गरिएको छ। बजेटको बाहिरी कभरसहित भाषा तयार भएको छ। ‘संशोधन नहुने विषयमा कभर सबै छापेर तयार भएको छ’, अर्थका एक उच्च अधिकारीले भने, ‘सशोधन गर्नुपर्ने अंक खाली राखेर भाषा पनि तयार गरिसकेका छौँ।’
अर्थमन्त्री खतिवडाले रातिसम्म एक पटक बजेट ड्राफ्ट पढेर निसक्न अर्थमन्त्रालयमै रहेका छन्। दुई सचिव, बजेट, राजश्व, कानुन लगायतका शाखाका सहसचिव तथा उपसचिव मन्त्रालयमा छन्। झण्डै एक दर्जन अधकारी अर्थमन्त्रालयमा राति बसेर तयारीमा जुटेका छन्। दिनभरी बजेट तयारी गरेका अर्थका अधिकारीले बेलुका नौ बजे अर्थमन्त्रालयको छतमा खाना खाएर पुन: बजेट तयारीमा जुटेका छन्।
आगामी आर्थिक वर्षको बजेट १५ खर्ब २५ अर्ब रुपैयाँ भन्दा बढीको आउने अनुमान गरिउको छ। जसमा सबैभन्दा ठलो स्रोत राजश्व २० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।