|
प्रतीकात्मक फोटो।

बुटवल : रुपन्देहीमा श्रीमान् श्रीमतीबीच हानाहान हुँदा श्रीमानको ज्यान गएको छ। रुद्रपुर २ पिपरीचापाको माथिल्लो फायरलाइनमा श्रीमान् र श्रीमतीबीच खुँडा हानाहान हुँदा श्रीमानको ज्यान गएको हो भने श्रीमती गम्भीर घाइते भएकी छन्।

४ महिनाअघि प्रेम विवाह गरेका २४ वर्षीया शिला बुढा र २३ वर्षीय श्रीमान् श्याम बुढाबीच झगडाका क्रममा हानाहान भएको इलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ।

हानाहानबाट घाइते भएका श्यामको उपचारका क्रममा मृत्यु भएको हो। आइतबार राति छिमेकीकहाँ किरियापुत्री कुर्न गएका श्याम राती अबेर फर्किएपछि श्रीमान्–श्रीमतीबीच झगडा भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताए।

श्यामले सालझण्डीको पशुपति उच्च माविमा कक्षा ११ मा पढ्थे भने शिलाले सालझण्डीमै ब्युटीपार्लर खोलेकी थिइन्।

गत भदौ २ गते बिहे गरेका उनीहरुको घरमा बुबा आमा, २ बहिनी र १ भाइ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.