काठमाडौं : न जाडो न गर्मी, वर्षा सकिएर उघ्रेको मौसम, अनि घमाइलो बिहानीसँगै दशैंको आगमन भइसकेको छ। गाउँघरतिर लिंगेपिङ र रोटेपिङको उमंग जागिसकेको छ भने शहरमा सपिङको महोल तातिसकेको छ। तर टोलटोलका बालिबालिका भने यी सबै कुरालाई बिर्सिएर एक ठाउँमा भेला भएर चंगा उडाउन थालिसकेका छन्। अरू बेला पनि चंगाको उमंग जागे पनि दशैं र चंगाको बेग्लै अर्थ छ।
विशेषगरी बालबालिकाहरू घटस्थापनादेखि चंगा उडाएर खुसी साटासाट गर्न मन पराउँछन्। किनकि घटस्थापनादेखि विद्यालय पनि बिदा हुने भएकाले उनीहरू खुलेर चंगाका विभिन्न रंगसँगै रमाइरहेका देख्न सकिन्छ। उनीहरू हातमा लटाइ बोकेर निलम आकाशमा असीमित दूरीसम्म चंगा पुर्याएर खुसी साट्न आतुर देखिन्छन्। साथै उनीहरू साथीभाइसँग मिलेर चंगा जुधाएर चेट बनाउन पनि उतिकै हतार देखिन्छन्।
फोटोमा हेर्नुहोस् बालबालिकाको उमंगको उडान :
तपाईंको ईमेल गोप्य राखिनेछ ।