|

हेटौंडा : साढे पाँच वर्षअगाडि हेटौंडाको मेनरोडकी विन्दवासिनी कंशाकारलाई तेजाव छ्याप्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। बारा प्रहरीको सहयोगमा अभियुक्तलाई साढे पाँच वर्षपछि शुक्रबार पक्राउ गर्न सफल भएको हो।

२०७० साल वैशाख ९ गते विन्दवासीनीलाई तेजाव प्रहार गरी भारतमा लुकेर बसेका दिलीपराज केशरीलाई बारा प्रहरीले पक्राउ गरेको हो। बारा प्रहरीले पक्राउ गरेलगत्तै उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको छ।

साढे पाँच वर्षअघि 'विन्दावासिनी एसिड काण्ड' सनसनीपूर्ण खबरको रूपमा रहेको थियो। हेटौंडाको ठूलो  अपराध काण्डको रूपमा रहेको 'विन्दावासिनी एसिड काण्ड' मकवानपुर प्रहरीले आजै पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.