|

सुर्खेत : कर्णालीका मुख्यमन्त्री मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको पहलमा कालिकोटकी सुत्केरी रत्ना शाहीको उद्धार भएको छ। सुत्केरी व्यथाले सिकिस्त शाहीको थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो। 

तीन दिनदेखि सुत्केरी व्यथा लागेकी कालिकोट रास्कोट नगरपालिका १ छिपखाना निवासी शाही सहजमा सुत्केरी हुन नसके पछि उद्धार गरिए मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमवहादुर सिंहले जानकारी दिए। 

मुख्यमन्त्रीको पहलमा उद्धार गरिएकी शाहीको उपचार प्रदेश अस्पताल सुर्खेतमा गरिँदैछ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.